दफा
काउन्सिल स्वशासित संस्था हुने

(१) काउन्सिल अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) काउन्सिलको सबै काम कारवाहीको निमित्त आफ्नोे छुट्टै छाप हुनेछ ।
(३) काउन्सिलले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, वेच विखन गर्न वा आवश्यकतानुसार अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) काउन्सिलले आफ्नोे नामबाट नालिस उजूर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।